विज्ञापन

स्थानिय सरकारलाई बिकाशको बाटोमा लैजादै, प्रधानमंत्री रोजगार कार्यक्रम

Image

बर्दियाको राजापुर नगरपालिका रोजगार सेवा केन्द्र द्धारा संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानिय सरकारको विकास बाटोमा लैजान महत्वपूर्ण योगदान गदै प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमले प्रत्यक्ष रुपमा अति बिपन्न परिवारका ब्यक्तीहरुलाई रोजगारीको अवसर प्रदान गदै उनीहरुको दैनिक गुजारा संचालन गर्न सहज भएको हो ।

रोजगार कार्यक्रम मार्फत सडक जैविक तटबन्धन, शिक्षा सिचाईमा स्थानिय बासीहरुले प्रत्येक्ष रुपमा फाइदा हुनुका साथै पालिको विकास अहम भुमिका रहदै आएको छ ।

जिल्लाका ८ वटा स्थानीय तहमध्ये राजापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम निकै प्रभावकारी रुपमा अघि बढिरहेको रोजगार सेवा केन्द्रका संयोजक रमेश कुमार प्रोख्रेलले बताउनु भयो ।

राजापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको कार्यान्वयन भने आ.व.०८०/०८१ को बार्षिक कार्यक्रममा समावेस भएको र वडाबाट छनौट भइ आएका योजनाका आधारमा सञ्चालन भइरहेको पोख्रेलको भनाइ छ ।
यस आ.व.०८०/०८१ सुचिकृत बेरोजगार संख्या ७ हजार २ सय ८५ मध्ये महिला ४हजार ३ सय ६ र पुरुष २ हजार ९ सय ७८ रहेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत आ.व.०७९/०८० भन्दा बजेट ज्यादै न्युन पठाइएको हुदा रोजगारीमा सहभागी गराउने संख्या कम हुने साथै प्राप्त बजेट नभएको कारण वडा तहबाट संचालनका लागी आ.व.०८०/०८१ बार्षिक कार्यक्रम रहेका प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरु सवै यस बर्ष सम्पन्न गर्न नसिकने भएको संयोजक पोख्रेलले जानकारी गराउनु भयो ।
चालु आर्थिक बर्ष यता ९२ जना प्रत्यक्ष रुपमा लक्ष्य बमोजिम कार्यक्रम श्रमिकहरुलाई सहभागी कार्यक्रममा लाभवन्तित छन् । नगरपालिकाका १० वडाका वडा अध्यक्षहरु कार्यक्रमलाई उत्कृष्ट र प्रभावकारी बनाउन अहोरात्र खटीनु भएको छ । यसै आर्थिक वर्षमा अनुमानीत कम्तीमा सय दिन बराबरको रोजगारी प्रदान गर्ने लक्षय अनुरुप उनीहरुले १० वटै वडामा सञ्चालित विभिन्न योजनाहरुसँग सम्बन्धित भएर कार्य गर्दै आएका छन् । राजापुरमा आर्थिक वर्ष २०८०/०८१ का लागि रोजगारी सृजनाका लागीको रु ५८ लाख ११ हजार सशर्त अनुदान आएको छ । पालिका भित्र १० वडाहरुमा उक्त कार्यक्रम संचालनका लागी रोजगारी सृजना शिर्षक तर्फको नेपाल सरकारको श्रोतबाट ८ वटा वडाहरुमा र आइ.डि.ए श्रोत २ वडाहरुमा कार्यक्रम संचालन हुने गरि छनौट गरिएको छ । कार्यक्रमको प्रावधान र प्रारुपअनुसार सम्पूर्ण प्रक्रिया पु–याएर कार्यक्रम सुरु गरिएकोले अन्य स्थानीय तहहरुमा भन्दा केही ढिला कार्यान्वयमा आएपनि सबै वडामा विनियोजित बजेटको काम सकिने राजापुर रोजगार सेवा केन्द्रका संयोजक पोख्रेलले बताउनुभयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन