टीकापुर / कैलालीको टीकापुर स्थित माेहना नदीमा मृत अवस्थाकाे बेवारिसे अवस्थाकाे शब शुक्रबार फेला परेकाे छ । टीकापुर नगरपालिका वडा न ९ पुरानाे भन्सार नजिक खक्राैला स्थित माेहना नदीमा मृत अवस्थामा एक युवककाे शब भेटिएकाे प्रहरी चाैकी कालाकु्ण्डाका ईन्चार्ज बरिष्ठ प्रहरी नायब निरिक्षक गाेकुल बलायरले जानकारी दिनु भएकाे छ । अन्दाजी ३२/३३ बर्ष उमेर रहेकाे र कालाे पैन्ट, हरियाे रंगकाे टिर्सट र कालाे राताे विन्डशिटर लगाएकाे चाैधरी समुदायकाे जस्ताे देखिने पहिचान नखुलेकाे शब फेला परेकाे ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएकाे छ । अाज करिब ६:३० बजेकाे समयमा स्थानियले माेहना नदीमा माछा मार्ने क्रममा उक्त शब देखेका थिए । शबकाे मुचुल्का उठाई पाेष्टमार्टमका लागि टीकापुर अस्पताल पठाउने तयारी भई रहेकाे प्रहरीले जानकारी दिएकाे छ । शबकाे पहिचान गरि शब बुझिलिन हुन समेत अनुराेध गरिएकाे छ । यस सम्बन्धि प्रहरीले अनुसन्धान अगाडि बढाएकाे समेत जानकारी दिएकाे छ ।
विज्ञापन

बेवारिसे अवस्थामा माेहना नदीमा युवककाे शब फेला

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













