विज्ञापन

थारु तथा सोनाहा महिलाहरु लाइ १५ दिने होमस्टे सन्चालन तालिम

Image

ऋषि वाग्ले
राजापुर, मसिंर २९

महिला उधमी महासंघ नेपालले बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नं १ र २ का महिला हरुलाइ १५ दिने होमस्टे व्यवसाय तालिम दिइएको छ। थारु तथा सोनाहा बस्तिका महिलाहरुलाइ लक्षित गरी सन्चालन गरेको सो तालिममा १५ जना महिलाले बिभिन्न चरणहरूमा १५ दिनको तालिममा भाग लिएका थिए।

महिला उधमी महासंघ नेपालका कार्यकारिणी सदस्य सरस्वती शर्मा को अध्यक्षतामा सचांलन गरिएको सो कार्यक्रमका राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रम मा वडा नं १ का अध्यक्ष बाबुराम चौधरी र वडा नं २ का अध्यक्ष राम चन्द्र चौधरीको पनि उपस्थिती थियो।

कोभिड १९ पछि सचांलनमा नरहेको थारु तथा सोनाहा होमस्टे लाइ पुनः सञ्चालनमा ल्याउन यस तालिमले उर्जा दिने राजापुर नगरपालिका वडा नं २ कि सुनिता चौधरीले बताउनुभयो।

विपद जोखिमको समय र तत: पश्चात आफ्नो व्यवसायलाइ कसरी निरन्तरता दिने , आफ्नो व्यवसाय लाइ कसरी उचाइ मा लग्ने भन्ने ज्ञान प्राप्त भएको राजापुर नगरपालिका वडा नं १ कि पार्वती सोनाहा ले बताइन ।


राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले सोनाहाहरु कर्णाली नदी किनारमा बसोबास गर्दै आएको र त्यहा बिपदका घटना दोहोरीरहने हुनाले सो क्षेत्रमा स्थानीय हरुलाइ जिविकोपार्जन सम्बन्धी तालिम दिइ आयआर्जन मा सहभागी बनाइ जिविकोपार्जन गर्न सहज बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो।


सभाअध्यक्ष को आसन बाट बोल्दै महिला उधमी महासंघ की कार्यकारिणी सदस्य सरस्वती शर्मा ले राजापुर दुइ तिर कर्णाली नदीले घेरेको रमणीय स्थल भएको ले यहा पर्यटनको सम्भावना प्रचुर रहेकोले महिला दिदी बहिनीहरुलाई होमस्टे तालिम दिएको बताउनुभयो।

युएस एड- तयार नेपालको आर्थिक सहयोग र महिला उधमी महासंघ नेपालको सहकार्यमा र राजापुर नगरपालिकाको समन्वयमा सो तालिम सचांलन गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन