विज्ञापन

टिकापुरमा बालमैत्री बजेट तथा कार्यक्रमबारे संवाद

Image

टिकापुर, कैलाली । टिकापुर नगरपालिकामा बालबालिका लक्षित स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ। टिकापुर नगरपालिका–७ सत्तीस्थित कर्णाली माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष संवाद गरिएको हो।

विकासका लागि युवा एक्यबद्धता ९यार्ड० धनगढीले ध्यचमि ख्ष्कष्यल क्ष्लतभचलबतष्यलब िल्भउब िको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा टिकापुर नगरपालिका वडा नं। ७ का कार्यवाहक अध्यक्ष राजकुमार चौधरी, वडा सचिव कमला पोखरेल, कर्णाली माध्यमिक विद्यालयका शिक्षक ओपेन्द्र खड्का, अभिभावक तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संवादका क्रममा बालबालिका, अभिभावक तथा सरोकारवालाहरूले वडा नं। ७ मा रहेका विभिन्न बालमैत्री तथा शैक्षिक समस्याहरू उजागर गरेका थिए। सहभागीहरूले प्रत्येक वर्ष दोहोरिने बाढीको समस्या, कर्णाली माध्यमिक विद्यालयमा शौचालय तथा कक्षाकोठामा बत्ती अभाव, स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था, विद्यालयमा खानेपानी र सरसफाइको समस्या तथा विद्यालयको खाली जग्गामा करेसाबारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

सहभागीहरूले उठाएका प्रश्न, जिज्ञासा तथा गुनासाहरूको जवाफ दिँदै टिकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नागर्जीले बालबालिकासँग सम्बन्धित समस्याहरू बहुआयामिक र जटिल रहेकाले समाधानका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा विभिन्न संघसंस्थाको सहयोगमा कर्णाली माध्यमिक विद्यालय र जनता रामा माध्यमिक विद्यालयमा शौचालय निर्माण गरिएको तथा गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

कार्यवाहक वडा अध्यक्ष राजकुमार चौधरीले बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासलाई प्राथमिकतामा राख्दै अभिभावकीय कक्षालगायत विभिन्न कार्यक्रम वडा कार्यालयमार्फत सञ्चालन भइरहेको बताउनुभयो। उहाँले आगामी दिनमा विद्यार्थीहरूले उठाएका मागहरूलाई सम्बोधन गर्दै विद्यालयमा पढाइ शिविर, न्यानो कपडा वितरण तथा आवश्यकताअनुसार अन्य कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी बालबालिकाहरूले स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा आफ्ना आवश्यकता र सरोकारलाई समावेश गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बालबालिकाको आवाजलाई स्थानीय नीति तथा कार्यक्रम निर्माणमा स्थान दिन सके मात्र बालमैत्री पालिका घोषणा सार्थक हुने धारणा व्यक्त गरेका थिए।

यार्ड धनगढीले विश्व भिजन इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना ९हातेमालो कार्यक्रम० अन्तर्गत कैलालीका टिकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकामा बाल समृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रमको सहजीकरण सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन