विज्ञापन

सिमा नाकाबाट स्रोत नखुलेको ६ लाख २३ हजार नगदसहित एक जना पक्राउ

Image

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका–९ अन्तर्गत खक्रौला सिमा क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर तथा प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा एक भारतीय नागरिकलाई नगद रकमसहित पक्राउ गरेको हो।

प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंहका अनुसार पक्राउ पर्ने व्यक्ति भारत उत्तर प्रदेश राज्यको लखिमपुर जिल्लामा बसोबास गर्ने ३० वर्षीय योगेश कुमार रहेका छन्।

योगेश कुमार भारतीय नम्बर प्लेटको मोटरसाइकल (यूपी ३१ बीएफ ७१६१) मा सवार थिए। प्रहरीले उनको साथबाट स्रोत नखुलेको ६ लाख २३ हजार नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन