विज्ञापन

जनप्रतिनिधि र प्रहरीबीच अन्तरक्रिया, खुला सिमानाका चुनौतीमाथि छलफल

Image

बर्दिया, मैनापोखर — ईलाका प्रहरी कार्यालय मैनापोखरमा प्रहरी निरीक्षक अच्युत गिरीको पहलमा बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र प्रहरीबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कार्तिक १५ गते आयोजना गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीसहित सबै वडाका अध्यक्ष र प्रहरी प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा सहभागीहरूले शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी, जनप्रतिनिधि र नागरिकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले।

सहभागीहरूले खुला सिमानाका कारण बढैयाताल गाउँपालिका लागुऔषध सेवन र ओसारपसारको जोखिममा परिरहेको भन्दै चिन्ता व्यक्त गरे। विशेषगरी वडा नं। १, २ र ८ भारतसँग जोडिएका सीमाक्षेत्र भएकाले दैनिक रूपमा लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न व्यक्तिहरूको आवतजावत बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरी र स्थानीयले संयुक्त पहल गर्नुपर्नेमा जोड दिइयो।

व्यवसायीहरूले पनि भारतीय बजारमा निर्वाध आवागमनका कारण स्थानीय बजार प्रभावित भएको गुनासो राखे। यसै क्रममा प्रहरी निरीक्षक गिरीले प्रहरी एक्लैले सबै समस्या समाधान गर्न नसक्ने भन्दै जनप्रतिनिधि र नागरिकको सहकार्य अपरिहार्य रहेको बताए। उनले कुनै पनि गलत क्रियाकलाप देखिए प्रहरीलाई जानकारी दिन आग्रह गरे।

गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले “प्रहरी जनताको सेवक हो” भन्दै नागरिकका समस्या प्राथमिकतामा राखी सेवा दिनुपर्ने उल्लेख गरे। उनले आपराधिक घटना नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक स्थानमा सिसिटिभी जडान गर्ने र त्यसका लागि बजेट समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सबै वडाका अध्यक्षहरूले आफ्नो क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए। साथै प्रहरी पहुँच टाढा रहेका वडा नं। ४ र ९ मा प्रहरी युनिट स्थापना गर्नुपर्ने माग पनि उठाइएको थियो।

कार्यक्रम प्रहरी निरीक्षक अच्युत गिरीको सभापतित्व र गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष, सबै वडा अध्यक्षहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन