विज्ञापन

जेसीभीको ठक्करबाट स्कुल बसका चार विद्यार्थी र सहचालक घाइते

Image

बढैयाताल / बढैयाताल गाउँपालिका वडा नं ३ मा अवस्थित मुनलाईट एकेडेमीको स्कुल बसलाई जेसीभीले ठक्कर दिँदा चार जना विद्यार्थी र एक जना सहचालक घाइते भएका छन्। दुर्घटना शुक्रबार साँझ करिब ५ बजे गुलरिया–नेपालगञ्ज गुलाकी सडकखण्डको पुष्पनगरमा भएको हो।

ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक राजेश साहु तेलीका अनुसार, विद्यार्थी झार्नका लागि सडक किनारमा रोकीएको भे १ क १५८२ नम्बरको स्कुल बसलाई सु।प।प्र। ०१–००१ क १७२७ नम्बरको जेसीभीले पछाडिबाट ठक्कर दिएको थियो। सो क्रममा बसबाट झर्दै गरेका चार विद्यार्थी र बसका सहचालक घाइते भएका थिए।

विद्यालयका प्रिन्सिपल बालहरी सुवेदीका अनुसार, घाइतेहरूको उपचार हाल बाँकेस्थित खजुरा सिटी अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ।

यसबीच, ठक्कर दिने जेसीभी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाहरूले स्कुल र सार्वजनिक गाडी चढ्ने ठाउँमा स्पष्ट ट्राफिक चिह्न र सुरक्षित पार्किङको माग गर्दै दुर्घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न स्थानीय प्रशासनलाई आग्रह गरेका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन