विज्ञापन

कैलालीको भजनीबाट तीन थान हतियार सहित ३ जना पक्राउ

Image

कैलाली / कैलालीको भजनी नगरपालिका–९ आम्बारीमा अवैध हातहतियार लुकाएर राखेको हतियार सहित ३ जनालाई पक्राउ गरिएको छ । विशेष सुचनाका आधारमा प्रहरीले छापा मारेर हतियार सहित पक्राउ गरको हो । भजनीनगरपालिका वडा न ९ का दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको प्वाँखसम्म भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले बताएअनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको हो।एक जना मात्र होइन, बाउछोरा नै हतियार लुकाएर बसेका रहेछन्। झन जंगलबाट ल्याइने अवैध वन्यजन्तुका अवशेष पनि भेटियो, अनुसन्धान अझै जारी छ,” डिएसपीले बताए।कार्कीको घरमा खानतलासी गर्दा ‘NF BABY’ लेखिएको पेस्तोल १ थान, ११ गोली र म्यागजिन ,०.२२ बोर (हर्नेट) पेस्तोल १ थान, २४ गोली ,कटुवा पेस्तोल १ थान ,भरुवा बन्दुकको काठ भाग, छर्रा १ डिब्बा र बन्दुकको घोडा,मयुरको प्वाँख २ गुच्छा,जरायोको सिङ ३ थान बरामद गरिएको जनाएको छ ।

पक्राउ परेकामाथि हातहतियार तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप विवरणहरू आउने क्रममै रहेको डिएसपीले जानकारी दिए

विज्ञापन
विज्ञापन
विज्ञापन