
राजापुर/ राजापुर नगरपालिकामा प्लान इन्टरनेशनलको आर्थिक सहयोग, राधाकृष्ण थारु ज्नसेवा केन्द्रको समन्वय र राजापुर नगरपालिकाको आयोजनामा शसक्त बालिका परियोजना सञ्चालनमा छ । सोहि परियोजना अन्र्तगत युवा, नागरिक समाज तथा सञ्चारकर्मीहरु संग योजना तर्जुमा प्रकृयामा युवाहरुको सवाल तथा सहभागिता बिषयक छलफल गरिएको राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत सजंय चौधरीले बताउनु भयो ।छ ।
राजापुर नगरपालिका वडा न. ८ का अध्यक्ष राजकिरण थारुको प्रमुख आतिथ्यमा भएको छलफलमा किशोरी क्लब, बाल क्लब, युवा क्लब, नागरिक समाज तथा मिडियाकर्मीहरुको सहभागिता थियो ।
छलफलमा बोल्दै प्रमुख अतिथि एंव वडा न. ८का अध्यक्ष थारुले युवाहरु उदाउदो सुर्य भएको बताउनु भयो ।
राष्ट्रिय युवा नीति, २०७२ का अनुसार १६ देखि ४० वर्ष उमेर समूहका व्यक्ति युवा हुन् । सिकाई तथा अनुभव प्राप्तिको दृष्टिकोणले १० देखि १९ वर्ष उमेर समूह विशिष्ट अवस्था हो । उक्त उमेरमा सिकेको कुरालाई कार्यान्वयन गर्ने तथा देशको विकास तथा रूपान्तरणमा योगदान गर्ने दृष्टिकोणले ४० वर्षसम्मको युवा उमेर उत्तिकै महत्वपूर्ण हुन्छ ।
कार्यक्रममा उपस्थित बिभिन्न क्लबका सदस्यहरुले कार्यक्रम एकदमै फलदायी रहेको बताएका थिए ।























