राजापुर / बालविवाह न्यूनीकरण, लागुपदार्थ दुरुपयोग नियन्त्रण तथा मनोसामाजिक समस्या समाधानका लागि जनचेतनामूलक सडक नाटक कार्यक्रम राजापुर नगरपालिका वडा नं ६ का सम्पूर्ण गाउँहरूमा सफलतापूर्वक सम्पन्न गरिएको छ।
वडा नं ६ मा सञ्चालन भएको सो कार्यक्रमले स्थानीय समुदायमा तीव्र रूपमा फैलिरहेको बालविवाह, लागुपदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष असराज न्यौपानेले यस्तो किसिमका कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ूसमाजमा व्याप्त यस्ता समस्याहरू समाधान गर्न जनस्तरमा चेतना अभिवृद्धि अनिवार्य छ, यसकारण यस्ता रचनात्मक कार्यक्रमले दीर्घकालीन प्रभाव पार्न सक्छन्।
स्थानीय कलाकारहरूको प्रस्तुतिमा आधारित सडक नाटकले गाउँगाउँमा सन्देश पु९याउने काम गरेको छ। कार्यक्रममा बालबालिका, किशोर–किशोरी, अभिभावक, शिक्षक तथा समुदायका अग्रजहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको आयोजना स्थानीय सामाजिक संस्थाको सहकार्यमा गरिएको हो। आयोजक संस्था तथा कलाकारहरूले आगामी दिनहरूमा अन्य वडामा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका छन्।























