टीकापुर / कैलालीका विभिन्न स्थानबाट एक दिन मै लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको घोडाघोडी न.पा. ०१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा ईप्रका सुखडबाट खटीगएको प्रहरी टोलीले जिल्ला कैलाली घोडाघोडी न.पा. वडा नं ०१ बस्ने बर्ष २५ को गौरभ आचार्य, बर्ष ३४ को सुरेन्द्र श्रेष्ठ र बर्ष २२ को भिम बोहरालाई खान तलासी गर्दा निजहरुको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी बरामद गरी निजहरुलाई पक्राउ गरीएको छ।त्यसैगरि कैलाली टिकापुर न.पा. वडा नं ०९ खक्रौला चेक पोष्ट नजिक ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटीगएको प्रहरी टोलीले टिकापुर नपा वडा नं ०१ एकतानगर शिविर बस्ने बर्ष १८ को सन्तोष बि.क. र बर्ष २३ की बन्दना बि.क. लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध(खेरो हेरोईन) फेलापारी बरामद गरी निज दुबै जनालाई पक्राउ गरीएको छ ।
कैलाली धनगढी उप(महानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिकबाट यस कार्यालयको अपराध अनुसन्धान समुहबाट खटीगएको प्रहरी टोलीले धनगढी उप महानगरपालिका वडा नं ०६ बस्ने बर्ष २२ को विवेक राना, बर्ष १८ को आकाश राना, बर्ष २२ को भिम सुनार,बर्ष २६ को दिनेश बोहरा र बर्ष २५ को विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ६६० मिलिग्राम लागु औषध(खैरो हेरोईन) फेलापारी बरामद गरी निजहरुलाई पक्राउ गरेको छ भने कैलाली धनगढी उपमहानगरपालिका वडा नं १९ ललिपुरघाट स्थित ईलाका प्रहरी कार्यालय बहुलिया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटीगएको संयुक्त प्रहरी टोलीले धनगढी १२ बस्ने बर्ष २८ को रोहित बोगटी र बर्ष २२ को लोकेन्द्र खड्कालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषध र ७२ ट्याब्लेट प्रतिबन्धित औषधी फेलापारी बरामद गरी निजहरु १२ जनालाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेकोजिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।























