
जानकी / बाँकेको जानकी गाँउपालिकामा एकहप्ते उद्धघोषण तथा आधारभुत तालिम सम्पन्न भएको छ । चैत्र ३ गतेबाट सुरु भएको तालिमको समापन शनिवार गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एंव लुम्बिनी प्रदेशका सामाजिक विकाश मन्त्री जन्मजय तिमिल्सीनाले प्रशिक्षार्थी पत्रकारहरुलाई सुरुवाती दिनमा आफ्ना वरपर भएका स्थानिय गतिविधिलाई बुझ्न र ज्ञान बढाउदै जानुपर्ने सुझाव दिनु भयो ।
सो अवसरमा विशिष्ठ अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश माननिय बादशाह कुर्मीले एक हप्ते शिकाइलाई उपयोग गरी व्यवसायिक पत्रकारितामा निडर भइ लाग्न सबैलाइ आग्रह गर्नु भयो । त्यस्तै जानकी गाँउपालिकाका उपाध्यक्ष रामप्यारी यादवले सबै जना अनुशासित भई काम गर्नुपर्ने बताउनु भएको थियो । तालिममा समाचार लेखन, रेडियो पत्रकारिता, फोटो पत्रकारिता र प्रविधीका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।जानकी गाँउपालिकाका प्रत्येक वडा बाट १० जनाका दरले ६० जनलाई तालिममा सहभागी बनाइएको थियो । तालिमको सहजीकरण शकंर खनाल, शावित्री गिरी र राकेश मिश्रले गरेका थिए ।
शिलालेख मिडियाका अध्यक्ष कमला हमालको सभापतित्वमा भएको समापन कार्यक्रमलाई पत्रकार विजय मल्लले सञ्चालन गरेको थिए ।























