
युनिक नेपालले विगतका वर्षहरुदेखी वितरण गर्दे आएको छात्रवृत्तिलाई निरन्तरता दिएको छ ।
राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका सामुदायिक विद्यालयमा अध्यनरत जेहेन्दार विद्यार्थीलाई युनिक नेपालले २० वर्ष देखी छात्रवृत्ति वितरण गर्दे आएको छ ।
छात्रवृत्ति पाउने सम्पुर्ण विदार्थीहरु अव्वल भएकै कारणले छात्रवृत्ति पाएको र अरुलाई पनि आफु जस्तै अव्वल बन्न प्रेरित गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व भुमिसुधार मन्त्री डा. गोपाल दहितले बताउनु भयो ।
युनिक नेपालले छात्रवृत्तिलाई २ वटा समुहमा बिभाजन गरी वितरण गर्दछ । पहिलो समुहमा २७जना लाई १० हजारका दरल ५वर्ष लाई छात्रवृत्ति वितरण गरिन्छ भने दोस्रो समुहमा ५०जनालाई ७हजारका दरले वितरण गर्दछ । यस वर्ष दुवै समुहका ७७ जनालाई ६लाख २० हजार बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।
सो अवसरमा राजापुर नगरपालिका वडा न. ५का अध्यक्ष रमेश दहित, ६का अध्यक्ष असराज न्योपाने, किसान मा.वि.बदालपुरका प्रधानाध्यापक देविराम अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरी, गेरुवा गाउपालिका वडा न. ३का अध्यक्ष निर्मल चौधरी, एकप्रिय राठौर मा.वि. पाताभार विदालय व्यवस्थापन समितिका अध्यक्ष नुतन चौधरी लगायतले विद्यार्थीको उज्वल भविष्यको कामना सहितको मन्तव्य राखेका थिए ।























