टीकापुर / कैलालीको टीकापुरमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सोमबार देखि शुरु भएको छ । टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र प्राङ्गणमा सत्ती ब्याडमिन्टन क्लबको आयोजनामा भईरहेको छ ।
टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुको प्रमुखआतिथ्यतामा शुरु भएको प्रतियोगितामा कैलाली र बर्दियाका ३५ टिमको सहभागिता रहेको आयोजक क्लबले जनाएको छ । ब्याडमिन्टन प्रतियोगितामा प्रथम टिमले २१ हजार नगद, शिल्ड,र प्रमाणपत्र प्राप्त गर्ने छन भने द्वितिय हुने टिमले ११ हजार नगद सहित शिल्ड,र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका संयोजक मनिराम ढुङ्गानाले जनाएका छन ।























