मधुबन, माघ १७ / बर्दिया जिल्लामा दुई वर्षको अवधिमा ४२ सय जनाको निशुल्क मोतिबिन्दु अप्रेसन र २४ हजार जनामा निशुल्क शिविर सञ्चालन गरिएको कुरा बर्दिया आँखा अस्पतालका अध्यक्ष कमाङ सिंह ओलीले बताउनु भयो ।आँखा अस्पतालले विभिन्न स्थानमा गरेको शिविरमा आँखाको समस्या भएका व्यक्तिहरूलाई निःशुल्क औषधि वितरण र १० हजार चस्मा निःशुल्क (नजिकको लेखपढ गर्नको लागि) वितरण गरेको कुरा अध्यक्ष ओलीले बताउनु भयो ।

“स्थानीय सरकारले हाम्रो यस आँखा अस्पताललाई गेट र टहरो बनाउन सहयोग गरेता पनि बर्दिया जिल्लाका सबै जसो पालिकाहरूले आँखा अस्पताललाई प्राथमिकतामा राखी बजेट विनियोजन नगर्नुले केही चुनौती छ ।” अध्यक्ष भन्नुहुन्छ ।
मधुबन नगरपालिकाले बर्दिया आँखा अस्पताललाई जमिन दिएर अब केही दिनमा डिपिआर हुन लागेको कुरा समेत अध्यक्ष ओलीले बताउनुभयो।
उहाँ भन्नुहुन्छ मधुबन नगरपालिकामा लागेको महोत्सवमा हामीहरू स्टल राखी ५० वर्षभन्दा माथिका नागरिकहरूलाई आँखा चेकजाँच गरी नजिकको लेखपड गर्न समस्या भएका व्यक्तिहरूलाई निःशुल्क चस्मा वितरण गरिरहेका छौं। यस महोत्सवमा आई आफ्नो आँखा चेकजाँच गरी निःशुल्क सेवा लिन सम्पूर्णमा आग्रह गर्नुभयो।






















