विज्ञापन

टीकापुरमा वडा स्तरिय फुटबल प्रतियोगिता २०८१ संचालन

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित त्रिभुवन माध्यमिक बिद्यालय बटनपुरको खेल मैदानमा आज देखि वडा स्तरिय फुटबल प्रतियोगिता २०८१ संचालन भएको छ । आज भएको उद्घघाट्न कार्यक्रम वडा स्तरिय खेलकुद समितीका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य माननीय हरि ज्ञवाली अखण्ड रहेका थिए भने बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला,९ का वडा अध्यक्ष लौटन चौधरी र वडा न ६का वडा अध्यक्ष बलीराम चौधरी रहेका थिए ।वडा स्तरिय खेलकुद समिती वडा न ८को आयोजना र टीकापुर नगरपालिका लगायत वडा नं ६,७,८,९को आर्थिक सहयोगमा फुटबल प्रतियोगिता संचालन भईरहेको छ । वडा स्तरिय खेलकुद समितीका सदस्य तेज बहादुर साउदको स्वागत मनतब्य संगै शुरु भएको उद्घघाट्न कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य हरि ज्ञवाली अखण्डले स्थानिय स्तरमा हुने खेलकुदले युवालाई कुलतबाट जोगाउने बताउदै खेलकुदमा जोड दिनु पर्ने बताए र टीकापुरका युवाहरुले खेलकुदका माध्यमले टीकापुरलाई चिनाएको समेत बताए । त्यस्तै बिशिष्ठ अतिथीको आसनबाट वडा न ७का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले स्थानिय स्तरमा खेलकुदका लागि वडा स्तरबाट र नगरपालिका स्तरबाट बजेट बिनियोजन गरिदै आएको बताउदै स्थानिय स्तरमा हुने हरेक खेलकुदलाई मर्यादित र अनुसाशित बनाउनु पर्ने जसका लागि निष्पक्ष रुपमा खेलाउनु पर्ने बताएका छन ।

टीकापुर नगरपालिका अन्तरगतका १५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा आज भएको उद्घघाटन खेलमा टीकापुर वडा न ९ ए र टीकापुर नगरपालिका वडा न ८ ए बिच भएको थियो जसमा ० का बिरुद्ध ३ गोल गरेर टीकापुर ९ए बिजय भएको छ । १३ गते सम्म संचालन हुने फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले ३१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गर्ने छ।खेल अबधि भरिबाट उत्कृष्ट खेलाडी ,उदयमान खेलाडी ,उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर लाई नगद १५०० ले सम्मान गरिने आयोजक समितिका संयोजक खगेन्द्र प्रसाद उपाध्यायले जानकारी दिएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन