विज्ञापन

लक्षित वर्गहरु लाइ कम्बल वितरण

Image

राजापुर/ राजापुर नगरपालिका वडा न. ६ ले अपागंता भएका, एकल महिना र ज्येष्ठ नागरिकलाइ कम्बल वितरण गरेको छ । जाडो बढ्न थाले सगैं लक्षित वर्गलाइ यसले प्रभावित पार्ने भएकाले वडा न. ६ले आफ्नो निति तथा कार्यक्रममा कम्बल वितरण शिर्षकमा ३ लाख रुपैया छुट्याएको थियो ।

वडा न. ६ ले विगतका वर्षहरुमा पनि लक्षित वर्गहरुका लागी बजेट छुट्याएर सामाग्री हस्तांतरण गर्दै आएको मा त्यसलाई यसवर्ष पनि निरन्तरता दिएको वडा न. ६का अध्यक्ष असराज न्योपानेले बताउनु भयो ।

वडा न. ६ मा ९५जना अपागंता भएका १२४जना एकल महिला र ३६६जना ज्येष्ठ नागरिक गरी जम्मा ५८५ ले कम्बल प्राप्त गरेको सचिव अनिता चौधरीले भौराटप्पा बुलेटिनलाइ जानकारी दिनुभयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन