विज्ञापन

नेपाली सेनाले दिने राष्ट्रिय सेवा दल (एन.सि.सि.)को तालिम राजापुरमा

Image

साउन ३२ / नेपाली सेनाले दिने राष्ट्रिय सेवा दल (एन.सि.सि.)को तालिम राजापुर नगरपालिकाको पकु मा.वि.जयपुरमा सञ्चालनमा छ । उक्त तालिममा ३६ जनाले सहभागिता जनाइरहेका छन ।

पकु मा.वि. जयपुरको फिल्डमा भइ रहेको परेडको यो दृश्य प्राथनाको परेडको नभइ नेपाली सेना द्धारा दिइ रहेको राष्ट्रिय सेवा दल (एन.सि.सि.)को जुनियर डिभिजन तालिमको हो । कक्षा ८ देखी १० सम्मका बिद्यार्थीलाइ जुनियर डिभिजन तालिम दिइदैछ ।

असार १४ गते बाट सञ्चालनमा रहेको तालिममा १८ छात्र र १८ छात्रा गरी ३६जना प्रशिक्षार्थी समावेश छन । तालिममा सहभागी लाइ सैद्धान्तिक सेन्य ज्ञानका साथमा एरोविक्स, पिटी, तेक्वान्दो लगायतका अभ्यासहरु गराइने छ ।

तालिमले प्रशिक्षार्थीहरुमा अनुुसासित, इमान्दार र वफादारिताको भावना विकास गराउने छ । नेपाली सेना देशको अखण्डता र सार्वभौम रक्षाको लागी खट्दै आएको र सेना बाट तालिम लिए पछि हाम्रो बिद्यार्थी भाइ बहिनीहरु पनि सेना जस्तै अनुसासित भइ परेको बेलामा देशकालागी खट्ने अपेक्षा राखेको राजापुर नगरपालिका वडा न. ५का अध्यक्ष रमेश दहितले बताउनु भयो ।

तालिममा भाग लिन चाहने बिद्यार्थीहरुका लागी सेनाले मापदण्ड बनाएको छ । मापदण्ड पुरा गरेका बिद्यार्थीहरुलाइ मात्र तालिममा समावेश गराइन्छ । जुनियर डिभिजन तालिममा सहभागी हुनका लागी माध्यमिक तहमा अध्ययनरत १४ वर्ष उमेर पुुगेको र त्यसैगरी केटाको उचाइ ५ फिट र केटीको उचाइ ४ फिट १० इन्च हुनुु पर्दछ ।

पकु मा.वि. मा भइरहेको सो तालिम लाइ २ जना सेनाका प्रशिक्षकहरुले सञ्चालन गरेका छन । तालिम लिन थालेपछि विद्यार्थीहरुमा परिर्वतन देखिएको, उनिहरु अनुसासित र फुुर्तिलो हुदैै गएको र राष्ट्रप्रेम जागेको विद्यालयका प्रधानाध्यापक श्याम जयसवालले बताउनुु भयो ।

राष्ट्रिय सेवा दल (एन.सि.सि.)को तालिम १०० दिनको हुन्छ जुन २ चरणमा पुरा हुन्छ । पहिलो चरणको तालिम ७९ दिनको हुने र विद्यालयमा हुन्छ भने २१ दिनको तालिम राष्ट्रिय सेवा दलको क्याम्पमा हुन्छ । क्याम्पमा हुने तालिमका लागी पकु मा.वि. का विद्यार्थीहरु नवलपरासीमा रहेको मध्य तालिम शिक्षालय हात्तिखोरमा जाने छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन