
राजापुर, जेठ ३०/ राजापुर नगरपालिकाले द्धन्द पिडित हरुका लागी मनोसामाजिक मनोपरामर्श एव बनभोज तथा अन्तरक्रिया आयोजना गरेको छ ।
१० वर्षे जनयुद्धमा आफन्त गुमाएका परिवारहरुलाइ आफन्तको सम्झनाले सताइ रहन्छ । शहिद एवम बेपत्ता भएका हरु आज छैनन , न उनिहरु फर्की आउने छन । तर उनिहरुको परिवार लाइ भएको पिडा असह्य नै छ । द्धन्दले दिएको घाउ बिर्सन चाहेर पनि बिर्सन सकेका छैनन उनका परिवार ले । द्धन्द पिडितह्रका मनमा बेला बेलामा नराम्रा बिचार आउनु स्वभाविक पनि हो । त्यसले निरन्तरता पाएमा भोलि परिणाम अझ पुनः दुखद हुन सक्छ , मानसिक समस्या हुन सक्छ ।
द्धन्द पिडित हरुलाइ राजापुर नगरपालिका र मनोसामाजिक परामर्श सेवा केन्दैले वर्षेनी बनभोज लैजाने र आफ्ना समस्याहरुलाइ एकआपसमा साट्ने अवसर जुटाइ दिने गरेको छ । द्धन्द पिडित परिवार बेला बेलामा एकआपसमा भेट्न र सुख दुख साट्दा भित्रै देखी आनन्द आउने गरेको राजापुर नगरपालिका वडा न. २ की रविना चौधरी बताउनु हुन्छ ।
कायैक्रमका प्रमुख अतिथि एवम् राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बिगतको पुजींबादी व्यवस्था फाल्न का लागी द्धन्द पिडित परिवारले समाजलाइ धेरै ठुलो गुन लगाएको र वहाहरुकै कारण आज देशमा सघिंयता आएकोे बताउनुभयो ।
राजापुर नगरपालिकामा ३४ जना बेपत्ता परिवार र ७५ जना सहिद परिवार गरी १०९ जनाको द्धन्द पिडित परिवार छ ।























