टीकापुरकाे बैदीमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइय
टीकापुर, कैलाली। ‘उत्थानशीलताको सुरुवात घरबाटै’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस २०२६ को अवसरमा टीकापुर नगरपालिका–७, बैदीमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक विपद् व्यवस्थापन समिति (CDMC), बैदीको आयोजनामा तथा Practical Action र BBE Group को सहयोगमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापनका असल अभ्यास, सिकाइ उपलब्धि र पूर्वतयारीबारे अनुभव आदानप्रदान गरिएको थियो। साथै, आगलागी नियन्त्रणसम्बन्धी व्यावहारिक अभ्याससमेत प्रदर्शन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता CDMC बैदीका अध्यक्ष नरेन्द्र प्रसाद रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथि सीमा सुरक्षा गुल्म खक्रौलाका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतो रहनुभएको थियो। कार्यक्रममा टीकापुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय, विभिन्न संघसंस्था तथा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे BE Group का प्रमुख हेमन्त जोशीले प्रकाश पार्नुभएको थियो। कार्यक्रम सञ्चालन NCDMC सुदूरपश्चिम प्रदेशका अध्यक्ष भोजराज ढुङ्गानाले गर्नुभएको थियो। कार्यक्रम टीकापुर नगरपालिका सामाजिक सुरक्षा शाखाका चेत बहादुर बाेहरा, कर्णाली माबिका शिक्षक राजकुमार चाैधरी , नेरेसाे नारायणपुर उपशाखाका सभापति धनसरि काेईरालाले मनतब्य राखेका थिए ।
कार्यक्रममार्फत समुदायस्तरमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा सुरक्षित र उत्थानशील समुदाय निर्माणमा जोड दिइएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आयोजकले धन्यवाद व्यक्त गरेको छ।कार्यक्रममा स्वागत मनतब्य सामुदायिक बिपद् ब्यवस्थापन समितिका काेषाध्यक्ष बासुदेव काेईरालाले गरेका थिए ।





















