विज्ञापन

१७९ मुक्त कमैयाका बालबालिकालाई विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण

Image

बढैयाताल, बर्दिया / शिक्षा कुनै विशेष वर्गको लागि मात्र होइन, सबैको लागि हो भन्ने भावनालाई आत्मसात गर्दै बर्दियाको बढैयाताल गाउँपालिकामा १७९ जना मुक्त कमैया तथा विपन्न परिवारका बालबालिकालाई निशुल्क विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरिएको छ।

एक्सन एड नेपालको आर्थिक सहयोगमा कमैया महिला जागरण समाजले बढैयाताल गाउँपालिका र वडाहरूसँगको समन्वयमा शुक्रवार एक कार्यक्रमको आयोजना गर्दै वडा नं ४, ५ र ९ का कक्षा ६ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई ड्रेस, जुत्ता(मोजा, कापी, पेन, ज्यामेट्री बक्स र विद्यालय झोला प्रदान गरिएको हो। कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी चौधरीका अनुसार यो कार्यक्रम विगत चार वर्षदेखि बर्दियाका चार पालिकामा संचालन हुँदै आएको हो। उनका अनुसार, ‘‘आर्थिक अभावले बालबालिका शिक्षा बाट बञ्चित नहुन भन्ने हाम्रो मूल उद्देश्य हो।’’ कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले भनिन्, ‘‘यस्ता अभियानले विद्यार्थीको शैक्षिक बृद्धिमा टेवा पुर्याउनुका साथै, उनीहरुलाई विद्यालयमा टिकाइराख्न ठूलो सहयोग पुग्नेछ।’’ वडा नं ९ का अध्यक्ष विरबहादुर थारूले आफ्नो वडामा मुक्तकमैया र सुकुम्बासीहरूको बसोबास भएकाले बालबालिकाले विद्यालय छोड्ने दर उच्च रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ आशा जगाएको बताए।

विद्यालय पोसाक तथा शैक्षिक सामग्री प्राप्त गरेका बालबालिकाहरूले आफूहरु अत्यन्त खुसी र उत्साहित भएको प्रतिक्रिया दिएका छन्। कमैया आधारभूत विद्यालय ९जनतानगर, वडा नं ९० र जगतपुर नयाँ बस्ती ९वडा नं ५० मा आयोजना गरिएका औपचारिक कार्यक्रममा वडा नं ४, ५ र ६ का बालबालिकाले सामग्री प्राप्त गरेका थिए।

कार्यक्रम कमैया महिला जागरण समाजकी केन्द्रीय अध्यक्ष कृष्णी थारूको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्षहरू तुलाराम थारू, पूर्व वडा अध्यक्ष रामसिंह थारू, न्यायिक समिति सदस्य गुमबहादुर परियार, मुक्त कमैया समाज बढैयातालका अध्यक्ष फुलराम थारू, सदस्य छेङ्गा थारू, अभिभावक, शिक्षक, बालबालिका तथा संचारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

शिक्षा सबैको अधिकार हो। यस्तो किसिमको सहकार्यले न केवल शैक्षिक पहुँचमा वृद्धि गर्छ, तर सामाजिक न्याय र समान अवसरको बाटोमा पनि क्रान्तिकारी असर पार्दछ। यो अभियान अझ धेरै स्थान र समुदायसम्म फैलिन आवश्यक छ।

विज्ञापन
विज्ञापन
विज्ञापन