
टीकापुर / १ किलो ७०६ ग्राम लागु औषध (अफिम) सहित २ जना पक्राउ । कैलाली प्रहरीले १ किलो भन्दा बढी लागुऔषध अफिम सहित दुईजनालाई पक्राउ गरेको छ ।
१८ गते जिल्ला कैलाली लम्की(चुहा नगरपालिका वडा नं ०३ चिसापानी स्थित प्याराडाईज होटलको कोठामा शंकास्पद रुपमा दुई जना व्यक्तिहरु बसिरहेका छन भन्ने विषेश सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीगएको संयुक्त प्रहरी टोलीले उक्त होटलमा चेकजाँच तथा खानतलासी गर्दा जिल्ला जुम्ला गुठीचौर गाउपालिका वडा नं ०४ बस्ने बर्ष ३८ को मेघराज खत्री र जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं ०३ बस्ने बर्ष ३२ को भक्त बहादुर शाही लाई १ किलो ७०६ ग्राम लागु औषध (अफिम) सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय लम्कीको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको समेत जनाएको छ ।























