विज्ञापन

टीकापुर ७ सत्तिमा श्रीमद भागवत सप्ताह बैशाख ११ देखि सुरु हुने

Image

टीकापुर / टीकापुर नगरपालिका वडा नं ७ रामजानकी मन्दिरमा आउदो बैशाख ११ देखि १७ गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।पबित्र तिर्थस्थल कैलाश मानसरोबर बाट बगेर आएको कर्णाली नदिको तट नजिकै रहेको मर्यादा पुरुषोत्तम राम र माता जानाकि को रामजानकी मन्दिरमा हुन लागेको श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ को विशिष्ट पुण्य मिल्ने महाराज हरिकृष्ण उपाध्याय ले बताउनुभयो ।

ईन्डिया र नेपाल मा समेत चर्चित कथाबाचिका भवानिदेबि को मुखार बृन्द बाट कथा श्रबण हुने भएको मन्दिर ब्यवस्थापन का अध्यक्ष महेश रावल ले बताउनुभयो ।अध्यक्ष रावल ले कथाबाचिका मा दिब्य शक्ति रहेको र उहाँको मुखार बृन्द बाट कथा श्रबण गरेमात्रै पनि सम्पूर्ण पापहरु नस्ट भएर मोक्ष मिल्ने र मन बचन पबित्र हुने बताउनुभयो महायज्ञ मा ब्रतबन्ध ,ग्रह शान्ति ,पित्री उद्घार ,बाल काट्ने ९ मुन्डन ०, १ लाख २५ हजार लाखबत्ति , महामृतुञ्जयमन्त्र लगायतको कार्य हुने टीकापुर गौशाला का अध्यक्ष लोकबहादुर बुढा क्षेत्री ले बताउनुभयो ।

बैशाख ११ गतेदेखि १७ गतेसम्म हुनलागेको महायज्ञ मा रास्ट्र, रास्ट्रियता , धर्म संस्कृति , संस्कार , संरक्षण तथा पितृ मोक्ष प्राप्तिका हेतु महायज्ञ को आयोजना हुन लागेको आयोजक ले बताएका छन् । सामुदायिक पशु चौपाया टीकापुर गौशाला ५ र रामजानकी मन्दिर टीकापुर ७ को संयुक्त आयोजनामा श्रीमद भागवत सप्ताह ज्ञान् महायज्ञ हुन लागेको हो । बैशाख ११ गते बिहान ८ बजे महायज्ञ प्रारम्भ हुने आयोजक ले बताएका छन् ।

विज्ञापन
विज्ञापन
विज्ञापन