
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा नं ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभाेक्ता समुहमा रातीकाे समयमा चाेरी सिकारी बढेकाे छ ।सामुदायिक वनमा सिसाै लगायतका काठ चाेरी हुन थालेकाे थाहा पाए पछि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितराम चाैधरी सहितकाे नेतृत्वमा खटिएकाे गस्तीमा खटिएकाे टाेलीले चाेरीसिकारीमा संग्लन ब्यक्तिका बन्दबाेस्तीका सामान बरामद गरेकाे छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जितराम चाैधरीका अनुसार कुनै ठुलो ग्याङ रातदिन सत्ति कर्णाली सामुदायिक बन उपभाेक्ता समुह को नदि किनार तथा जंगल को किनारामा डेरा जमायर जंगलमा सिकार तथा माछा मार्ने र रातमा काठ चोर्ने गरी बसेका रहेछन । राति १ बजे तिर काठ चोरी हुनलागेको थाहा भयपछि सर्च अभियान मा आज करिब ५ बजे बिहान माछा मार्ने हतियार जनावर मार्ने भाला लगायत थुप्रै सामान जपत गरिएकाे जानकारी दिए ।सामुदायिक वन उपभाेक्ता समुहका कार्यालय सचिब मीन बहादुर ठकुल्लाका अनुसार सामुदायिक वन क्षेत्रमा चाेरि सिकारि बढ्न थाले पछि गस्तीमा गएकाे टाेलीले चाेरी सिकारीमा प्रयाेग हुन सामान बन्चराे, आरा, भाला , माछा मार्ने जाल,टेन्ट टिनकाे बाकस र खाना पकाउने भाडाकुडा तरकारी ओढ्ने ओछ्याउने लगायत बन्दबाेस्तीका सामान बरामद गरिएकाे बरामद गरिएकाे बताए ।























