
राजापुर/ राजापुर नगरपालिका वडा न. ८ पुरैनाकी अस्मिता चौधरी एक घण्टाका लागी नगर उपप्रमुख बनेकी छिन । उपप्रमुख मनकला चौधरीले आफु बसेको कुर्सीमा अस्मिता चौधरीर्ला बसाए सगैं उनि एक घण्टाका लागी उपप्रमुख बनेकी हुन ।सो अवसरमा राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले सबै महिलाहरु यो कुर्सीमा बस्न योग्य भएको बताउदै लिङ्ग र लैङ्गिकताका बारेमा बताउनु भएको थियो ।
राजापुर नगरपालिकाको सहकार्य प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राधाकृष्ण थारु जनसेवा केन्द्रको सहजीकरणमा सशक्त बालिका परियोजना सञ्चालनमा छ । सोही परियोजना अन्र्तगत ‘गर्ल टेकओभर’ कार्यक्रम गरिएको हो । सो अवसरमा किशोरी क्लवका तर्फ बाट ध्यानाकर्षण पत्र नवनियुक्त उपप्रमुख अस्मिता चौधरीलाइ बुझाइएको थियो ।
एकघण्टाका लागी उपप्रमुख बनेकी चौधरीले ध्यानाकर्षण पत्र बुक्ष्दै त्यसको कार्यान्वयनका लागी सबैले जोड दिनुपर्ने बताइन ।
सो अवसरमा वडा न. ३का अध्यक्ष प्रसादु थारु, वडा न. ८का अध्यक्ष राजकिरण थारु, किशोरी क्लवका सदस्यहरु लगायतको उपस्थिती थियो ।
एक घण्टाकै लागी भएपनि अस्मिता चौधरी उपप्रमुख बनेर नेतृत्वले गर्ने कामको अनुभव लिएकी छिन । किशोरीहरुलाइ अगाडी बढाउनका लागी र भोलीका दिनमा जिम्मेवारी गहन गर्न यसले थप बल मिल्ने उपस्थित सरोकार वालाहरुको बुझाई छ ।























