विज्ञापन

भजनीमा ट्राफिक सचेतनामुलक कार्यक्रम

Image

भजनी / कैलालीको भजनी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रममा ब्यस्त रहेको छ । भजनी नगरपालिकाका विभिन्न स्थानमा स्थानिय सरकार संग सहकार्य गरेर सचेतनामुलक कार्यक्रम गर्दै आईरहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट भजनीका ईन्चार्ज बिजय बमले जानकारी दिएका छन । भजनी नगर पालिका वडा नं ७ चर्रा र ट्राफिक पोष्ट भजनीले संयुक्त रुपमा ट्राफिक सचेतना र सडक दुर्घटना न्युनिकरणको लागी भजनी नगरपालिका वडा न ७ स्थित गणेशमान चोकमा तपाईको हेलमेट खै भन्ने होडिंग बोर्ड राख्ने, विभिन्न ठाउँमा ट्राफिक चिन्ह , सवारी साधनमा स्टिकर टास्ने लगायत कार्य सम्पन्न गरेको छन। ईन्चार्ज बमका अनुसार भजनी नगरपालिका वडा न ७ स्थित चर्रा गाउमा भारतिय नम्बरका मोटर साईकल चल्ने र अधिकांश मोटरसाईकल सवारी धनीले बिना हेल्मेट मोटरसाईकल चलाउने गरेको पाईएकोले उक्त क्षेत्रमा सचेतनामुलक होडिंग बोर्ड लगाउने , दुर्घटना न्युनिकरणकन लागि सवारी सनधनमा स्टिकर टाँस्ने काम गरिएको बताए । भजनीक्षेत्रमा मासिक ३५ देखि ४० हजार राजस्व संकलन हुने गरेका समेत बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन