टीकापुर / कैलालीको टीकापुरकाे केरा बारीमा चितुवा मृत भेटिएकाे छ ।टीकापुर नगरपालिका वडा न ७ सत्ती स्थित महेश रावलकाे केरा बारीमा मृत अवस्थामा चितुवा भेटिएको छ । मृत भेटिएकाे चितुवा गन्हाउने अवस्थाकाे रहेकाे र चितुवाकाे पछाडिको खुट्टा छुट्टिएकाे र पेट फुटेकाे अवस्थाकाे छ । मृत चितुवाकाे टाउकाेमा चाेटपटक लागेकाे अवस्थामा छ । स्थानियका अनुसार मृत चितुवाकाे अवस्था हेर्दा ठुलाे चितुवाले आक्रमण गरि मारेकाे हुन सक्ने आंशका गरिएकाे छ ।चितुवा २/३ अगाडि मरेकाे हुन सक्ने प्रहरी चाैकी सत्तीका ईन्चार्ज टेक बहादुर चन्दले बताए । मृत चितुवालाई प्रहरी चाैकी सत्ती, सत्ती कर्णाली सामुदायिक वन उपभाेक्ता समुह र ईलाका वन कार्यालय टीकापुरकाे टाेलीले मुचुल्का उठाई पाेष्टमार्टमका लागि ईलाका वन कार्यालय टीकापुर लगिएकाे छ ।केही महिना यता टीकापुर नगरपालिका वडा न ७ र ८ मा बाघ र चितुवाकाे आंतक रहेकाे छ । बाघ र स्थानीयका घरपालुवा जनावर खानेकाे गरेकाे छ । यसरी केरा बारीमा चितुवा मृत भेटिएपछि स्थानियमा त्रास फैलिएकाे छ । कुन दिन बाघले मानिसलाई आक्रमण गर्ने हाे चिन्ताकाे बिषय बनेकाे टीकापुर ७ का स्थानिय महेश रावलले बताए ।
विज्ञापन

टीकापुरकाे केरा बारीमा चितुवा मृ”त भेटियाे

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन













