बारबर्दिया/ सम्पुर्ण भुमिअधिकारबाट बन्चीत तथा गैर संगठीत श्रमीकहरु–एक होऔ भन्ने मुल नाराका साथ बारबर्दिया नगर पालिकाको ४ नं. वडामा सोमवारका दिन भुमि अधिकार तथा श्रमीक संगठन नेपालको आयोजनामा भुमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको सहभागितमा वडा भेला गरी अध्यादेशबाट ल्याएको भुमि ऐन २०२१को आठौं संशोधन ऐन र नियम ४१(ख)मा रहेको कानुनी व्यवस्था बारे जानकारी गराईएको छ ।
भुमिहीनहरुको समस्या समाधानका लागि यो दुई वर्षको अभियान हो र यसमा कसैलाई पनि भेदभाव नगरी सबै जना लाग्नुहुने छ, त्यसका लागि सधै सहयोग गर्ने प्रतिबद्धता गर्नु हुन्छ भुमि अधिकार तथा श्रमीक संगठन नेपालका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भक्त बहादुर बि.क.।
बर्दिया जिल्ला भित्र पर्ने बबई नदी लगायत अन्य नदीहरुले धेरै भन्दा धरै जग्गा कटान गरेको छ लाल पुर्जा व्याक्तिहरुको हाथमा छ जग्गा एक कठ्ठा पनि छैन जग्गामा खोला बगिरहेको छ र बालुवा सरकारले बेचेर करोडौ को आम्दानि गरेको छ त्यस कारण हामी सरकार सग उक्त जग्गा सट्टा गरी जग्गा धनिलाई आर्कै ठाउामा व्यवस्था गर्न पहल गर्ने बताउनु हुन्छ नेकपा एमालेका जिल्ला सचिव तथा कार्यक्रमका विशिष्ट अतिथि पदम ढकाल ।
भुमिहीन दलित,भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धि सरकारले ल्याएको अध्यादेशको बारेमा सहभगिहरु्लाई स्पष्ट पार्दै विवादीत ऐनलाई संशोधन गरिएको (रष्टपतिबाट २०८१।१०।०२ मा प्रमाणित भएको ऐनको बारे पनि तयार पारिएको कार्य पत्र माथि प्रकाश पारनुभएको थियो भुमि अधिकार तथा श्रमीक संगठन नेपाल बारबर्दिया नगर अध्यक्ष कर्ण बहादुर बि.क.।
पावल थारुको अध्यक्षतामा ११ सदस्य वडा स्तरिय भुमि अधिकार तथा श्रमीक संगठन समेत गठन गरीएको छ भने उक्त समितिले मिति २०८१माघ २२ गते ज्ञापनपत्र समेत वडा न.४ को कार्यालयमा बुझाउने जानकरी गराउर्दै सभाअध्यक्ष पावल थारुले कार्यक्रम समापन गर्नु भएको थियो ।























