विज्ञापन

जनशक्ति करेलिया सामुदायिक वन विकासमा उपभोक्ताहरूको सक्रिय भूमिका

Image

चन्द्र बि.क., बारबर्दिया,  / बारबर्दिया नगरपालिका वडा नं. ३ अन्तरगत रहेको जनशक्ति करेलिया सामुदायिक वन विकासका लागि उपभोक्ताहरूको सक्रिय भुमिका रहेको छ ।

वन विकासका लागि उपभोक्ताहरूले झाडि सरसफाईमा श्रमदान, वन संरक्षण र सामाजिक विकासमा विभिन्न कार्यहरू गर्दै सक्रियता देखाएका हुन ।

करेलिया सामुदायिक वनको अध्यक्ष विजय चौधरीले २ सय ६ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनलाई ३ सय २० जना उपभोक्ता सदस्यहरूद्वारा वनको सदुपयोग र संरक्षण गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले डिभिजन वन कार्यालय बर्दिया गुलरियाको स्वीकृति लिएर वार्षिक प्राप्तिका रूपमा प्रत्येक वर्ष ३ हजार ३ सय ३३ क्युफिट काठ खपत गरिरहेको र त्यहि वार्षिक प्राप्ति अन्तरगत अहिले ५४ वटा ढलेको सुकेको रूख कटान, झाडि फडानी कार्य भईरहेको बताउनुभयो ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, जिल्लाका धेरै सामुदायिक वनमा दिगो वन व्यवस्थापन तथा वन सम्वद्वर्न प्रणाली लागू भैसकेको छ । डिभिजन वन कार्यालयबाट यस वनलाई पनि सम्वर्द्वन प्रणाालीमा लग्नुपर्ने सुचना आईसकेकोले यस वार्षिक प्राप्तिपछि आमभेलाको आयोजना गरेर सरकारको नीति नियम अनुरुप यस वनलाई सम्वर्द्वन प्रणालीमा लैजाने निर्णय गर्नेछौं । वन संरक्षण गरि मानव वन्यजन्तु अह(अस्तित्व कायम राख्न २ सय ६ हेक्टर वनको चारै तर्फ तारबार गरेका छौं । सामुदायिक वन भित्र पोखरी निर्माण गरी बोर गाडि वन्यजन्तुलाई पिउने पानीको व्यवस्था समेत मिलाईएको छ ।

सो सामुदायिक वनमा रहेका दुर्लभ रुखहरूको संरक्षण गर्न झाडी सरसफाई, ढलेका रूखको कटान गरी सामुदायिक वनबाट आर्जित आम्दानीलाई वन विकास र सामाजिक कार्यमा खर्च गरिने कुरा उपभोक्ता समिति सचिव राम बहादुर पुनले बताउनुभयो ।

सचिव पुनका अनुसार उपभोक्ता समितिले सामुदायिक वनबाट भएको आम्दानीलाई अति विपन्न वर्गका उपभोक्ता सदस्यहरूको घरमा रेडक्रससँगको समन्वयमा चर्पी निर्माण, उपभोक्ता सदस्यहरूलाई निर्व्याज रूपमा कर्जा लगानी, फिल्टर वितरण, ग्याँस सेट वितरण र जेष्ट नागरिक सम्मान लगायतका कार्यहरू गरेको छ ।

यसै गरि कार्यालय सचिव लिलाराम थारूले यस सामुदायिक वन विगत धेरै वर्ष देखि कार्ययोजनामा रहेको बताउनुभयो । उहाँले वनको अनुमति लिएर प्रत्येक वर्ष वार्षिक प्राप्तिको रूपमा ढलेको र सुकेको रूखलाई कटान गरी खपत गर्ने जानकारी गराउँदै वार्षिक करिब २४ देखि २५ लाखको आम्दानी हुने गरेको छ भन्नुभयो ।

उपभोक्ता समिति सदस्यहरू भन्छन् यस वर्षको वार्षिक प्राप्ति ५४ वटा ढले सुकेको रूख हो । यी रूखहरूलाई कटान गरी यस वर्ष धेरै आन्तरिक खपत र थोरै बाह्य वितरण गर्ने निर्णय गरेका छौं । यसबाट भएको आम्दानी वन विकास, विपन्न मुखी कार्यक्रम लगायतमा खर्च गरिने छ ।

जनशक्ति करेलिया सामुदायिक वनका यी कदमहरूले केवल वनको संरक्षणमा मात्रै नभइ सामाजिक र सामुदायिक विकासका क्षेत्रमा पनि ठूलो योगदान पुर्याउँदै आएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन