अजय चापागाई, माघ १५ / मधुबन नगरपालिका वडा न. १ स्थित सरस्वती आधारभूत विद्यालय पत्थरबोझिमा सञ्चालित अनाथ नानिबाबुका लागि मधुबन निवासी युवराज अधिकारीले आफ्ना छोरा युलभ अधिकारिको जन्मदिनको अवसरमा ३ थान डबल बेड र बिस्तरा उपहार दिनुभएको छ ।

अनाथ बालबालिकाहरूलाई पनि समान जिउन र बस्ने अधिकार भएको भन्दै अधिकारीले आफ्ना छोराको जन्मदिनको विशेष अवसरलाई सेवामूलक कार्यमा उपयोग गर्दै बेड र बिस्तरा उपहार दिने निर्णय गरेको बताउनु भयो ।अनाथ नानिबाबुलाई जाडोमा राम्रोसँग सुत्न सहज होस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो,ू अधिकारीले भन्नुभयो । यसअघि पनि उहाँले छोराको जन्मदिनका अवसरमा विभिन्न प्रकारका सामग्री र नगद सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
उपहारस्वरूप प्रदान गरिएका बेडहरू मधुबन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले विद्यालयका प्र.अ. घनराज खत्रीलाई हस्तान्तरण गर्नुभयो । यस कार्यले अनाथ बालबालिकाका लागि सहज जीवनयापनमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
उपस्थित स्थानीयहरूले अधिकारी परिवारको यस सहयोगात्मक कार्यको प्रशंसा गर्दै अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय कार्यमा संलग्न हुन प्रेरणा मिल्ने बताए ।























