विज्ञापन

बिल्ड अनको आर्थिक सहयोगमा विद्यालय भवन र शौचालयको निर्माण शुरु

Image

प्रकृती थारु(प्रशिक्षार्थी पत्रकार)राजापुर/ राजापुर नगरपालिका वडा न. ५ को श्री ज्ञानोदय आधारभुत विद्यालयमा बिल्ड अनको आर्थिक सहयोग र स्थानिय समुदायको सहकार्यमा ३ कोठे विद्यालय भवन र २ कोठे शौचालयको निर्माण शुरु भएको छ ।

जनहितमा जारी सदेंश

बिल्ड अन एउटा अन्तराष्ट्रिय गैर नाफा मुलक सस्था हो ,जसले बिकासोन्मुख देशहरुमा स्कुलमा चाहिने भवनको निर्माण गर्दछन । बिल्ड अनका आफ्नै भोलिन्टियर हरुले फिल्डमै उत्रेर पुर्वाधार निर्माणका सम्पुर्ण कार्यहरु समुदाय सित मिलेर गर्दछन ।

नेपालमा समयमा काम नगर्ने, तोकिएको समय सिमा भन्दा बढि समय लगाएर काम गर्ने प्रचलन हावी भएको समयमा बिल्ड अनले चाही निर्माण कार्य ठेयाक्कै १०६ दिनमा सक्ने भनेर योजना बनाएको छ । योजना लाइ सफल बनाउन उनिहरुले समुह बनाएका छन र समुहले पाएको जिम्मेवारी समुदाय सित मिलेर पुरा गरी रहेको राजापुर नगरपालिका वडा न. ५ का अध्यक्ष रमेश दहितले बताउनु भयो ।

परियोजना लाइ सम्पन्न पार्नका लागी तुल्सीराम थारुको नेतृत्वमा १४ सदस्यीय समिति बनेको छ । समितिमा ७ जना महिला र ७ जना पुरुष छन । आयोजना सम्पन्न भए पछि १२० घरधुरीका ८० जना बिद्यार्थीहरु लाभान्वित हुने अपेक्ष गरिएको छ । आयोजनाको कुल लागत ४२,५१,६५७ रुपैया रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन