विज्ञापन

स्थानिय अधिकार कार्यक्रम र कषिमा आधारित बधुवा मजदुरीको अन्त्य परियोजनाको अनुगमन

Image

राजापुर/ राजापुर नगरपालिकामा एक्सन ऐड र कमैया महिला जागरण समाजको सहयोगमा स्थानिय अधिकार कार्यक्रम र कषिमा आधारित बधुवा मजदुरीको अन्त्य परियोजना सञ्चालनमा छ ।

परियोजनाले स्थानिय महिलाहरुको आयआर्जनमा टेवा पुराउने उद्देश्यले बिभिन्न कार्यक्रमहरु गर्दे आएको छ। शुक्रवारका दिन कमैया महिला जागरण समाजले सर्पोट गरेका उद्यमी एंव किसानको घरमा पालिकाका उपप्रमुख मनकला चौधरीको नेतृत्वमा अनुगमन गरिएको छ ।

सो अवसरमा वडा न. ४ को सघंर्षनगर मा टोइलट र धारो , बगुंर एवं बाख्राका पाठाहरु र सोही वडाको अनन्तपुरमा तरकारीको बिउ र टनेल एंव वडा न. २को सोहरियामा थारु आलुको बिउ र पसल सामाग्री सर्पोट गरिएको थियो र उक्त ठाउमा स्थलगत अनुगमन गरिएको राजापुर नगरपालिका योजना शाखा प्रमुख रमेश पोख्रेलले बताउनु भयो ।

अनुगमनमा उपप्रमुख मनकला चौधरी, योजना शाखा प्रमुख रमेश प्रोखे्रल, कृषि शाखा प्रमुख तुलाराम चौधरी , वडा न. ४का सदस्य राम बहादुर थारु, वडा न. २ का अध्यक्ष रामचन्द्र थारु , पत्रकार र कमैया महिला जागरण समाजका पदाधिकारीहरुको उपस्थिति थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन