विज्ञापन

२५ वर्षको यात्रा: सामुदायिक सहकारीद्वारा ७६ लाख खुद नाफा आर्जन

Image

टीकापुर | टीकापुर नगरपालिका वडा नं। ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाको २५औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारी संस्थाले आर्थिक वर्ष २०८१र०८२ मा ७६ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
सहकारीमा हाल २ हजार ४ सय ४ जना शेयर सदस्य आबद्ध छन्। संस्थाको शेयर पुँजी १ करोड ८९ लाख १८ हजार ३ सय रुपैयाँ रहेको छ भने १८ करोड ४२ लाख २६ हजार ५७ रुपैयाँ ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले सामुदायिक सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताए।

उनले सहकारीको मेरुदण्ड भनेकै शेयर सदस्य भएको उल्लेख गर्दै सदस्यहरूलाई सधैं सबल र अग्रपंक्तिमा राख्नुपर्नेमा जोड दिए।
विशिष्ट अतिथिको आसनबाट बोल्दै टीकापुर नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सहकारीहरू समुदायको सम्पत्ति भएको बताए।
उनले ग्रामीण भेगका सहकारीहरू बैंकको भूमिकामा स्थापित हुँदै गएको धारणा राखे।

त्यसैगरी टीकापुर नगरपालिका वडा नं। ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले सहकारीहरूले आफ्ना कार्यक्षमता मजबुत बनाउँदै लगेको उल्लेख गर्दै सहकारीकै कारण आजभोलि जीवनयापन सहज भएको बताए।
साधारण सभाको अवसरमा सहकारी संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा १० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरेको छ।

त्यस्तै, उदाउँदा खेलाडीको रूपमा टीकापुर–७ सत्ती निवासी चरण ठकुल्लालाई नगदसहित सम्मान गरिएको छ। ठकुल्ला भर्खरै सम्पन्न राष्ट्रियस्तरीय १६ वर्षमुनिको ‘ए’ डिभिजन फुटबल लिगमा संकट्टा क्लब काठमाडौंबाट खेलिसकेका तथा कैलालीमा जारी बद्री कुटा १६ वर्षमुनि फुटबल प्रतियोगितामा टीकापुर नगरपालिकाको तर्फबाट सहभागी ‘युथ अफ टीकापुर’ टिमका क्याप्टेन हुन्।
कार्यक्रम सहकारी संस्थाका लेखा समिति सदस्य लिला राम ढुङ्गानाको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

साधारण सभामा शेयर सदस्य नरेश्वर धमाला, पत्रकार भीम बी।के।, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिंह कडायत, सामुदायिक सहकारीका पूर्व अध्यक्ष जंग बहादुर साउद, कर्णाली मावि सत्तीका प्रधानाध्यापक खुमानन्द वली, नरायणपुर रेडक्रस सभापति धनसरी कोइराला, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना, पूर्व नारायणपुर गाविस अध्यक्ष फकिर सिंह कडायत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव कृत ठकुल्लाले गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन