विज्ञापन

उज्यालो बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न, ८ लाखभन्दा बढी खुद नाफा

Image

टीकापुर ।टीकापुर नगरपालिका वडा नं। ६ मा अवस्थित उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सहकारीले आर्थिक वर्ष २०८१र०८२ मा ८ लाख ६२ हजार ३ सय ६६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ।

साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीमा हाल १ हजार ७० जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी ५३ लाख ३४ हजार ४ सय रुपैयाँ पुगेको छ भने १ करोड ९३ लाख १४ हजार २ सय ५९ रुपैयाँ ऋण लगानी गरिएको उल्लेख गरिएको छ।

सहकारीका अध्यक्ष डम्बर बहादुर घर्तिमगरको अध्यक्षतामा सम्पन्न साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बलिराम चौधरीले सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताए। उनले कृषकका लागि मलखादको व्यवस्था गरेर सहकारीले सकारात्मक भूमिका खेलेको उल्लेख गर्दै सहकारीको मेरुदण्ड नै शेयर सदस्य भएको हुँदा उनीहरूलाई सधैँ सबल र अग्रपंक्तिमा राख्नुपर्ने धारणा राखे।

त्यसैगरी विशिष्ट अतिथिको आसनबाट बोल्दै टीकापुर नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सहकारीहरू ग्रामीण क्षेत्रका लागि बैंकको रूपमा स्थापित भएको बताए। सहकारीहरूले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्दै आएको र यसले नागरिकको जीवनयापन सहज बनाएको उनले बताए।

वार्षिक साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कृषक तथा धान–गहुँको बीउ बिक्रीमार्फत सहयोग गर्ने बर्दियाका एग्रोभेट सञ्चालकलाई सम्मान गरेको थियो।

कार्यक्रममा शेयर सदस्य लालबिर चौधरी, मातृभूमि साना किसान सहकारी संस्थाकी अध्यक्ष मन्जु बी.के., लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका सचिव उपेन्द्र खड्का, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, निर्वाचन समितिका संयोजक बिरेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष शशी श्रेष्ठले गरेका थिए। सहकारीको चुनावी साधारणसभा समेत रहेकाले भोलिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको संस्थाले जनाएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन