विज्ञापन

विद्या ज्योति नमुना माविले ६ सय भन्दा बढी लाई अभिनन्दन गर्दै स्वर्ण महोत्सव मनाउने

Image

बढैयाताल |  बर्दिया बढैयाताल गाऊ पालिकाको विद्या ज्योति माध्यमिक विद्यालय कण्ठपुर ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सब मनाउने तैयारी मा रहेको छ ।बढैयाताल गाउँपालिका–८ को कण्ठपुर मा रहेको विद्यालयले मंगलबार पत्रकार सम्मेलनमा को आयोजना गरी यहि पौष ४ देखि १८ गते दुई सातासम्म विविध कार्यक्रम आयोजना गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी विद्यालयका प्रधानाध्यापक भक्ती सागर रेग्मी ले पत्रकार सम्मेलन गर्दै दिएका थिए भने विद्यालयले गत वर्ष को पौष १९ देखी यस वर्षको पौष १८ गते सम्म लाई स्वर्ण महोत्सव वर्ष को रूपमा लिएको थियो।स्वर्ण महोत्सव कार्यक्रम अन्तर्गत पौष ४ गते देखि नै शैक्षिक कार्यकम, खेलकुद, सांस्कृतिक तथा सामाजिक सेवा सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ। कार्यक्रम अन्तर्गत आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता, विद्यालयस्तरीय आन्तरिक खेलकुद, विविध सांस्कृतिक कार्यक्रम, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम लगायतका गतिविधिहरू समावेश छन्।त्यसैगरी, पूर्वशिक्षक–कर्मचारी तथा पूर्वविद्यार्थीहरूको पुनर्मिलन कार्यक्रम, वृहत् अभिभावक भेला, विद्यालयको ऐतिहासिक यात्राको प्रस्तुतिकरण साथै विद्यालय स्थापना काल देखि विद्यालयलाई अहिलेको अवस्था सम्म ल्याई पुऱ्याउन अहम भूमिका निर्वाह गर्ने व्यक्तित्व हरु, पूर्व विधार्थीहरु स्थापना काल देखि हाल सम्म का विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ लगायतका करिब ६ सय भन्दा बढी व्यक्ति हरु लाई सम्मान पत्र तथा कदर पत्र र पुरस्कार वितरण कार्यक्रम गर्ने कार्यक्रम रहेको समेत सार्वजनिक गरिएको थियो ।
प्रधानाध्यापक रेग्मीले विद्यालयको शैक्षिक विकास र समग्र उन्नतिमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै स्वर्ण महोत्सवलाई विद्यालयको गौरवमय इतिहास स्मरण गर्ने र भविष्यको शैक्षिक यात्रालाई थप सुदृढ बनाउने अवसरका रूपमा लिन आग्रह समेत गरे। उनले समाजका हरेक तह र तप्काका व्यक्तित्वसँग को साथ र सहयोगको अपील समेत गरे ।महोत्सव सफलतापूर्वक सम्पन्न गर्न ५०१ सदस्यीय मूल समारोह समिति र १९ वटा उपसमिति गठन गरि काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्तसिंह ठकुरीले जानकारी दिए।स्वर्ण महोत्सवको मुख्य समारोह भदौ १८ गते आयोजना हुने छ। उक्त अवसरमा स्वर्ण स्तम्भ र सरस्वती मन्दिरको अनावरण, स्वर्ण स्मारिका विमोचन तथा दाता सम्मान कार्यक्रम समेत गरिने जानकारी गराईएको थियो ।
विद्यालय ले अक्षयकोष स्थापना र स्वर्ण महोत्सव सञ्चालनका लागि भनि दुई प्रकारको सहयोग को अपेक्षा गरिएको र सोही अनुसार सहयोग जुटिरहेको बताइएको थियो साथै स्वर्ण महोत्सव कार्यक्रम को लागी स्थानिय तथा देश विदेशमा रहनुहुने यस विद्यालय प्रति सदभाव राख्ने व्यक्तित्व हरु बाट सहयोग जुटिरहेको बताइएको थियो । झन्डै ९ लाख दान घोषणा पत्रकार सम्मेलनकै क्रममा दाताहरूले ८ लाख ७६ हजार रुपैयाँ विद्यालयको अक्षय कोषका लागि नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।स्थानीय समाजसेवी रामचन्द्र थापाले २ लाख ५ हजार ५ रुपैयाँ, राधा तिवारीले आफ्ना चार बहिनीसँग मिलेर १ लाख ५५५ रुपैयाँ, विद्यालयका प्रधानाध्यापक भक्ति सागर रेग्मीले १ लाख २१ हजार १२१ रुपैयाँ तथा विद्यालयमा कार्यरत २८ जना शिक्षक तथा कर्मचारीबाट ४ लाख ५० हजार रुपैयाँ अक्षय कोषका लागि सहयोग गर्ने घोषणा गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सवका लागि दाताहरूबाट करिब ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरेको छ भने कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान को आय व्यय विवरण सार्वजनिक गरिएको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन