विज्ञापन

टीकापुर–७ बैदीमा जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image

टीकापुर नगरपालिका–७ बैदीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले ब्रिटिश रेडक्रसको आर्थिक सहयोगमा संचालन गर्दै आएको भ्अयबिद परियोजना अन्तर्गत जलवायु मैत्री जीविकोपार्जन अभिमुखीकरण सम्पन्न भयो।

कार्यक्रममा लाभग्राहीसँग समुदायमै प्रचलित भैंसीपालन, बाख्रापालन र बंगुरपालनलाई जलवायु अनुकूल कसरी लैजाने भन्नेबारे विस्तृत छलफल भयो। रासायनिक मलको बढी प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको र अब जैविक तथा टिकाउ अभ्यासतर्फ फर्किनुपर्ने आवश्यकता पनि जोडियो।

समुदायमा रेडक्रसले गठन गरेका ‘च्याम्पियन’हरूले निरन्तर जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छन्। उनीहरूले सरसफाइ, प्राथमिक उपचार, बहस–पैरवी, र बहुप्रकोप पूर्वसूचना प्रणाली जस्ता विषयमा तालिम पाएका छन्, जसले समुदायको क्षमता अझै मजबुत बनाएको छ।

आज अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवसको अवसरमा सहभागीहरूले डल्फिन क्षेत्रका नदी किनारमा थुप्रिएको प्लास्टिकजन्य फोहोर संकलन गरेर वातावरण संरक्षणको संदेश पनि दिए |

कार्यक्रममा वडा सदस्य राजकुमार चौधरी, नेरेसो नारायणपुर उपशाखा सभापति धनसरी कुमारी कोइराला, केन्द्रीय कार्यालयबाट उमेश ढुंगाना, ब्रिटिश रेडक्रसका सुरेन्द्र बम, नेरेसो लेखापाल हेम जोशी, कार्यक्रम अधिकृत समिर अवस्थी तथा स्थानीयवासीहरूको सक्रिय उपस्थिति थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन