विज्ञापन

संकटा क्लबबाट ए–डिभिजन खेलेका चरण ठकुल्ला टीकापुरमा सम्मानित

Image

टीकापुर | १६ वर्ष मुनिको ए–डिभिजन राष्ट्रिय लिग फुटबल खेलेका खेलाडी चरण ठकुल्लालाई टीकापुरमा सम्मान गरिएको छ। टीकापुर नगरपालिका–६ मा मुख्य कार्यालय रहेको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार सम्पन्न १७औं वार्षिक साधारण सभामा उनलाई उदयीमान खेलाडीको रूपमा नगद १,१०० रुपैयाँ, सम्मानपत्र र फुटबल प्रदान गरेको हो।

चरणले यस वर्ष काठमाडौंको चर्चित क्लब संकटाबाट राष्ट्रिय स्तरको १६ वर्षमुनिको ए–डिभिजन लिग खेलेका हुन्। टीकापुर क्षेत्रबाट ए–डिभिजन खेल्ने एकमात्र खेलाडी उनी नै हुन्। स्थानीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय लिग खेल्ने मौका मिलेको हो।

१६ वर्षका ठकुल्ला हाल टीकापुर नगरपालिका–७ स्थित कर्णाली मावि, सत्तीमा कक्षा ९ मा अध्ययनरत छन्। उनी पढाइमा पनि उत्कृष्ट मानिन्छन्। कक्षा ८ को परीक्षामा उनले ८३।७२ जीपीए ल्याएर उत्तीर्ण भएका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन