विज्ञापन

टीकापुर र लक्ष्मीनारायण सहकारीको खुद नाफा ९० लाख नाघ्यो

Image

टीकापुर | टीकापुर नगरपालिका–६ स्थित लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था आर्थिक वर्ष २०८१र८२ मा ९० लाख ५३ हजार रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ। सहकारीको १७ औँ वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीको शेयर पुँजी १ करोड ३० लाख रुपैयाँ पुगेको छ। हाल सहकारीमा १,३९३ जना शेयर सदस्य छन्।

प्रतिवेदनमा सहकारीले ११ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटी परिचालन गरेको र १३ करोड ८३ लाख रुपैयाँभन्दा बढी ऋण लगानी गरेको उल्लेख छ।

नगर प्रमुख रामलाल डगौरा थारूले सहकारीले सामाजिक तथा कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएका भन्दै प्रशंसा गरे। उनले अधुरो भवन निर्माण कार्य नगरपालिकाले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यसैगरी वडा नं। ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले ग्रामीण भेगका सहकारीहरु स्थानीय बैंकको रूपमा स्थापित हुँदै गएको बताए।

वार्षिक सभामा उत्कृष्ट विद्यार्थी अंकित टमट्टा, लोकदेउडा कलाकार पदमबहादुर धामी, युवा फुटबलर चरन ठकुल्ला र राष्ट्रिय माध्यमिक विद्यालय बेलुवा सम्मानित भए। सहकारीले १६ जना जेष्ठ नागरिकलाई समेत सम्मान प्रदान गर्‍यो। साथै उत्कृष्ट बचतकर्तादेखि ऋणीसम्म सम्मानित भएका थिए।

कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राखे। कार्यक्रम सचिव ओपेन्द्र खड्काले सञ्चालन गरेका थिए भने स्वागत उपाध्यक्ष युवराज कुमार नायकले गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन