विज्ञापन

लुम्बिनी प्रदेशसभा साताैँ अधिवेशन आजदेखि

Image

दाङ, ८ मंसिर — लुम्बिनी प्रदेशसभाको सातौँ (हिउँदे) अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुँदैछ। पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन पत्र—अधिवेशन आह्वान, मन्त्रिपरिषद् पुनर्गठन र प्रमाणीकरण भएका विधेयक—पढेर सुनाइनेछ।

सभामुखले सदस्यहरूको उपस्थिति विवरण पेस गर्ने र दलगत शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहनेछ।

हिउँदे अधिवेशनमा छलफलका लागि दुई संशोधन विधेयक पहिले नै दर्ता भइसकेका छन्। साथै मन्त्रिपरिषद्ले प्रज्ञा प्रतिष्ठान स्थापना, जीवनाशक विषादी व्यवस्थापन र दलित अधिकार सुनिश्चित गर्ने गरी तीन नयाँ विधेयक पेश गर्न स्वीकृति दिएको छ

विज्ञापन
विज्ञापन
विज्ञापन