विज्ञापन

जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरसंवाद सम्पन्न

Image

गुलरिया/ दलित महिला संघको आयोजनामा बर्दियाका दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मीहरूको बीच अन्तरसंवाद कार्यक्रम मंसिर २ गते गुलरियास्थित विजय गेस्ट हाउसमा सम्पन्न भयो। पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी रहेको कार्यक्रममा जिल्लाका आठै स्थानीय तहबाट दलित महिला जनप्रतिनिधि तथा दलित महिला अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा अधिकांश जनप्रतिनिधिले राज्य र स्थानीय तहले दलित समुदायप्रति देखाउँदै आएको उपेक्षा, दलित महिला जनप्रतिनिधिलाई ‘अनिवार्य अनुपालनु का नाममा मात्र प्रतिनिधित्व दिइने, बजेट प्रक्रियामा समेत समावेश नगरिने, जातीय विभेद झेल्नुपरेका अनुभव खुलाएर राखे। उनीहरूले अधिकार प्रयोग गर्ने प्रक्रियामा आफूहरूलाई पछाडि धकेलिने, आवाज नसुन्ने तथा नीति निर्माणमा भाग लिन नदिने गुनासो व्यक्त गरे।

तर केही जनप्रतिनिधिले केही स्थानीय तहहरूले आवाज सुन्ने, कार्यक्रममा सहभागी गराउने र सशक्तिकरणतर्फ कदम चालेको सकारात्मक अनुभूति पनि शेयर गरे—जसले समावेशी अभ्यास बढ्दै गएको संकेत गरेको देखियो।

यसै कार्यक्रममार्फत बर्दिया जिल्लास्तरीय दलित महिला जनप्रतिनिधिको साझा मञ्च गठन गरिएको छ।
संरचना यसप्रकार रहेको छ ।संयोजकस् चन्द्रकला बिक, सह–संयोजक बिमला परियार,सचिव पूजा सुनार, सदस्यहरू मनोमानी रैदास, गीता बिक, सन्तोषी बिक, लक्ष्मी चदारा, शान्ता सुनार, खिमा सुनार, रेणु बिक

कार्यक्रमको सहजीकरण दलित महिला संघ बर्दियाकी संयोजक हेमा सुनारले गरेकी थिइन्।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन