विज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी राजापुर नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न

Image

राष्ट्रिय स्वतन्त्र पार्टी राजापुर नगर समितिको प्रथम नगर अधिवेशन सम्पन्न

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी राजापुर नगर समितिको प्रथम नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनले इम बहादुर केशीको अध्यक्षतामा नयाँ नगर समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवगठित नगर समितिमा रम्भा जिसी उपसभापति, गोबिन्द प्रसाद उपाध्याय सचिव, टेकनाथ पौडेल सह–सचिव तथा तेज प्रकाश नेपाली, अशोक बिष्ट, सुरेश शर्मा, भरत बली, रामनाथ गौतम, लक्ष्मी शाही, खिमादेवी श्रेष्ठ, निरु धर्ती, शान्ती पौडेल र बिष्णा दुङ्गाना सदस्य रहेका छन् ।

अधिवेशनमा वक्ताहरुले स्थानीय तहमा सुशासन, पारदर्शिता र जनमुखी नेतृत्वका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्ला प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन