राजापुरमा नेपाली टायर Delta Tyre द्वारा आयोजित मेकानिक मिट सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका नेपाल प्रमुख तथा व्यवसायिक व्यक्तित्व विकास सिंघानिया स्वयं उपस्थित रहेर मेकानिकहरूलाई नेपाली टायरको गुणस्तर र विश्वासनीयता बारे जानकारी गराएका थिए।
सिंघानियाले नेपाली टायर सस्तो मात्र नभई उच्च गुणस्तरको भएको उल्लेख गर्दै “नेपालका लागि नेपाली टायर प्रयोग गर्ने वातावरण बनाऔं” भन्ने सन्देश दिनुभयो। कार्यक्रममा उहाँले बजारमा आउने सम्भावित समस्या र त्यसको समाधानबारे पनि स्पष्ट पार्नुभयो।
उहाँले राजापुरका डिलर, पसल सञ्चालक, मेकानिक तथा जनताको सेवामा निरन्तर खटिने सबैलाई धन्यवाद व्यक्त गर्दै सहयोग र विश्वासका लागि आभार प्रकट गर्नुभयो।























