बढैयाताल । बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो साधारण सभा तथा अधिवेशन आज मैनापोखरमा सम्पन्न भएको छ । आजै बन्द सत्र समेत सञ्चालन हुँदैछ, जसबाट नयाँ कार्यसमिति चयन गरिनेछ ।
उद्घाटन सत्रका प्रमुख अतिथि लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद शर्मा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, व्यापारी, उद्यमी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । संघले आफ्नो वार्षिक समीक्षा, आगामी योजना तथा स्थानीय व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गरेको जनाएको छ ।
बन्द सत्रपछि नयाँ कार्यसमिति चयन प्रक्रिया सम्पन्न गरिने र नव–निर्वाचित नेतृत्वले आगामी कार्यकालका लागि संघको दिशा तय गर्ने बताइएको छ ।























