विज्ञापन

किसानको पीडा सुन्दै मन्त्री तिमिल्सीना बर्दियामा सक्रिय

Image

राजापुर/ लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना आफ्नो गृह जिल्ला बर्दियामा किसानका समस्या सुन्न व्यस्त देखिएका छन्। बिहीबार उनले राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड को अनुगमन गर्दै किसानहरूसँग प्रत्यक्ष संवाद गरेका छन्।

अनुगमनका क्रममा किसानहरूले खाद्य कम्पनीले समयमा काटा नलगाइदिँदा धान व्यापारीकोमा सस्तोमा बेच्न बाध्य भएको गुनासो गरेका थिए। साथै, धान खरिदमा स्थानीय किसानलाई प्राथमिकतामा नपारिएको विषयमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।

मन्त्री तिमिल्सीनाले किसानका समस्या गम्भीर रूपमा सुनी खाद्य कम्पनीका कर्मचारी र स्थानीय प्रशासनलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन्। उनले किसानका गुनासो सम्बोधन गर्न तत्काल पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

खाद्यले कार्तिक १९ गते देखी किसानको धान खरिद कार्य सुरु गरेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन