विज्ञापन

राजापुरमा विङ्गर र अटो ठोक्किँदा पाँच जना घाइते, चार जनाको अवस्था गम्भीर

Image

बर्दिया, राजापुर – बर्दियाको राजापुर नगरपालिका–८ स्थित ओस्ताजपुरमा मंगलबार भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

नेपालगञ्जबाट धनगढीतर्फ गइरहेको विङ्गर गाडी र राजापुरबाट वडा नं. १० तर्फ जाँदै गरेको २ ओटा अटो रिक्सा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। तीव्र गतिमा रहेका दुबै सवारी एकआपसमा जुध्दा अटोमा सवार यात्रुहरू गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ। उनीहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमान अनुसार तीव्र गति र लापरवाही मुख्य कारण हुनसक्ने बताइएको छ।स्थानीय बासिन्दाहरूले दुर्घटनापछि तत्काल उद्धारमा सहयोग गरेका थिए। दुर्घटनाले स्थानीय क्षेत्रमा केही समय तनावपूर्ण अवस्था पनि सिर्जना गरेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन