विज्ञापन

केन्द्रीय निर्देशनअनुसार बढैयातालमा राहत शिक्षकको विरोध कार्यक्रम

Image

बर्दिया – बढैयाताल राहत शिक्षक समितिको आयोजनामा आइतबार राहत शिक्षकहरूले बढैयाताल गाउँपालिकामा विरोध सभा सम्पन्न गरेका छन्। केन्द्रीय शिक्षा समितिले राहत शिक्षकहरूको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै गाउँपालिकाको मुख्य गेटअगाडि विरोध कार्यक्रम गरिएको हो।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको सर्कुलरअनुसार कार्यक्रम गरिएको समितिका अध्यक्ष अजय शर्माले जानकारी दिए। उनका अनुसार सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा राहत शिक्षकको व्यवस्थापनसम्बन्धी कुनै स्पष्ट प्रावधान नरहेको, विगतका सहमतिहरू तोड्ने प्रयास भएको र राहत शिक्षकलाई अपमानजनक ढंगले हटाउन खोजिएको भन्दै आफूहरू सडकमा उत्रिन बाध्य भएका हुन्।

समितिका कोषाध्यक्ष सूर्यप्रसाद भट्टराईले शिक्षा मन्त्रालय र शिक्षा समितिले माग पूरा नगरेमा अझ कडा आन्दोलनमा जाने चेतावनी दिए। विरोध कार्यक्रम आज दिउँसो १२ बजेदेखि २ बजेसम्म चलेको थियो। आगामी कार्यक्रम केन्द्रीय समितिको निर्देशनअनुसार हुने आयोजकहरूले जनाएका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन