बढैयाताल / बढैयाताल गाउपालिका लाई प्राकृतिक रूपमा सुन्दर र हराभरा बनाई एक सुन्दर हराभरा पालिकाको रूपमा विकाश गर्न र मानव र प्राकृतिक बिचको सम्बन्ध लाई अझ प्रगाढ बनाउने उद्देश्य अनुरूप राष्ट्रिय युवा संघ नेपाल बढैयाताल पालिका कमिटीको आयोजनामा एक युवा पाँच वृक्षारोपण अभियान २०८२ बढैयाताल गाउपालिका मा वृक्षारोपण गरी शुरूवात गरिएको युवा संघ नेपाल बढैयाताल कमिटीका अध्यक्ष नारायण थापा क्षेत्री ले जानकारी दिएका छन् ।
यहि साउन २ गते वाट बढैयाताल गाउपालिका बड़ा नं ४ को कार्यालय परिसरमा वृक्षारोपण गरी शुरुवात भएको छ भने यसै गरी बढैयाताल गाउपालिका का सबै वडाहरु का कार्यालय , विद्यालय , सर्वजानिक खाली ठाउँ मठ मन्दिर लगायतका क्षेत्रमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको युवा संघ ले जनाएको छ भने यसै गरि साउन ३ गते वडा नं ७ , ८ र ९ का कार्यालय, विद्यालय र सार्वजनिक खाली जग्गामा सयौ विरुवाहरु वृक्षारोपण गरिएको थियो । आज साउन ४ गते वडा नं ६ को शारदा बहुमुखी क्याम्पस, वडा नं १ र वडा नं २ का वडा कार्यालय परिसर ,विद्यालय लगायतका ठाँउहरुमा अशोक, धुपी, पिपल, गोलमोर , जामुन , सितल चिनि , छतिवन लगायतका विरुवाहरु वृक्षारोपण गरिएको थियो भने बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका प्रदेश र जिल्ला तहका नेताहरु, पालिका कमिटीका अध्यक्ष प्रेमराज त्रिपाठी , प्रदेश कमिटीका सदस्य ईन्द्र प्रसाद लुइटेल , जिल्ला कमिटीका सदस्य राजकुमार महतरा , युवा संघ पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु आम सर्वसाधारण तथा विभिन्न वडा का अध्यक्ष हरुको सहभागीता रहेको थियो ।























