टीकापुर / कैलालीको टीकापुरमा अति बिपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ । टीकापुर नगरपालिका वडा नं ७को आर्थिक वर्ष २०८१र०८२ अन्तरगत वडा भित्रका ५० जना अति बिपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री बितरण गरिएको वडा सदस्य राज कुमार चौधरीले जानकारी दिएका छन । टीकापुर नगरपालिका वडा न ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्यौपाने को अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य राज कुमार चौधरी, सेती मैयाँ चौधरी माबिका प्रअ पतिराम चौधरी लगायतले मनतब्य राखेका थिए ।
कार्यक्रममा वडा भित्रका अति बिपन्न तथा जेहेन्दार बालबालिकाहरुलाइ पढाईबाट बन्चित नहोउन भन्ने उदेश्यका साथै बिद्यालयको खस्कदो शैक्षिक गुणस्तरमा सुधार ल्याउनमा मद्दत पुगाउने उदेश्यले शैक्षिक सामग्री बितरणा गरिएको वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले बताउनु भयो । टीकापुर नगरपालिका वडा न ७ ले कर्णाली माबि का १५ जना , जनता रामाबिका १० सेती मैयाँ चौधरी माबिका १० राष्ट्रिय माबिका १० भानुभक्त आधारभुत बिद्यालयका ५ जना गरि ५० जना बालबालिकाहरुलाई झोला १ , कपी १ दर्जन, डटपेन १ पाकेट, पेन्सिल १ डिब्बा र १ ज्यामट्रि बकस बितरण गरिएको वडा सदस्य अभिमन्यु द थारुले जनाएका छन ।























