टीकापुर/ कैलालीको टीकापुर स्थित भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीका अध्यक्ष मनिराम ढुङ्गानाको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने रहेका थिए । पुस्तकालय का उपाध्यक्ष धनसरि कोईरालाको स्वागत मनतब्य संगै शुरु भएको बार्षिक साधारण सभामा शिक्षा क्षेत्रमा लामो समय योगदान पुरयाए बाफत कर्णाली माध्यमिक बिद्यालय का प्रअ जगबिर शाह , पुर्व पुस्तकालयका अध्यक्ष हरी कुमार कार्की, पुस्तकालय योगदान पुरयाएको भन्दै मरोणउपरान्त स्व देबेन्द्र प्रसाद ढुङ्गानाकि धर्मपत्नि मधु ढुङ्गानालाई सम्मान गरिएको छ। त्यसै गरि एसईईमा उत्कृष्ठ अंक ल्याएर पास भएका कर्णाली माध्यमिक बिद्यालयका बिद्यार्थी अंकित टमट्टालाई समेत सम्मान गरिएको छ।
बार्षिक साधारण सभामा पुस्तकालयको बार्षिक प्रगति प्रतिबेदन पुस्तकालयका अध्यक्ष मनिराम ढुङ्गानाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन पुस्तकालयका कोषाध्यक्ष दिप कुमार बैद्यले प्रस्तुत गरेका थिए द पुस्तकालयको आर्थिक प्रतिबेदनमा १८ लाख को आय ब्यय सार्बजनिक गरिएको छ ।बार्षिक साधारण सभाको उद्घाट्न सत्रमा प्रसेनि ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष चतुर प्रसाद खनाल, कर्णाली मा बि का प्र अ जगबिर शाह, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायत, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेत, बटनपुर खानेपानी सरसफाइ संस्थाका अध्यक्ष धनसिह साउद, समाजसेवि नरेश्वर धमाला , नारायणपुर गाबिसका पर्व अध्यक्ष फिकर सिह कडायत, धनसिहपुर गाबिसका पुर्व अध्यक्ष जंग बहादुर साउद लगायतले शुभकामना मनतब्य राखेका थिए ।
१८ औ बार्षिक साधारण सभाबाट आगमी ३ बर्षे कार्यकालका लागि नया नेतृत्व समेत निर्बिरोध रुपमा चयन गरिएको छ । पुस्तकालयको अध्यक्षमा पुन मनिराम ढुङ्गाना चयन भएका छन भने उपाध्यक्षमा धनसरि कोईराला, कोषाध्यक्षमा दिपक कुमार वैद्य, सह सचिबमा महेश राल निर्बिरोध चयन भएका छन । पुस्तकालयको सचिब पदमा भने टुङ्गो लाग्न सकेन सचिब पदमा पुन भिम बि कले उम्मेदवारी दिएका छन भने सह सचिब पदमा रहेका धन बहादुर बुढाले पनि सचिब पदमा उम्मेदवारी दिए पछि टुङ्गो लाग्न नसकेको निर्बाचन समितीका संयोजक बिरेन्द्र शाहले जानकारी दिए । सदस्यमा गायत्री रावल, शंकर बिश्वकर्मा,खुशीराम चौधरी,कपुर सिह कडायत, मुना घर्तिमगर निर्बिरोध चयन भएको निर्बाचन संयोजक शाहले जानकारी दिएका छन ।























