विज्ञापन

राजापुरका किसानलाई कृषि उपकरणमा आधा अनुदान

Image

राजापुर / राजापुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको छ । राजापुर नगरपालिकाले कृषकहरूको उत्पादनशीलता वृद्धि गर्न र उनीहरूलाई आधुनिक कृषि अभ्यासतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरेको छ। प्रदेश सरकारको १० लाखको बजेटमा वडा न. ६का २५ जना किसानलाई प्लाष्टिक टनेल, पावर टेलर, मिनि टिलर, र स्प्रे टकीं वितरण गरिएको छ । सो अवसरमा ४ जनालाई प्लाष्टिक टनेल, ८ जनालाइ पावर टेलर, २ जनालाई मिनि टिलर र ११ जनालाई स्प्रे टकीं वितरण गरिएको थियो ।

राजापुर नगरपालिका कृषि शाखाका अनुसार ५० प्रतिशतमा सामाग्री पाउदा प्रति प्लाष्टिक टनेलको तिन हजार, पावर टेलरको अस्सी हजार, स्प्रे टकींको पन्द्र सय र मिनि टेलरको सत्ताइस पाँच सय रुपिया किसानलाई तिनु परेको थियो ।

नगर उपप्रमुख मनकला चौधरीले सामाग्री हस्तांतरण गर्दै भन्नुभयो, “कृषकहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको जीवनस्तर सुधार गर्ने हाम्रो प्रमुख उद्देश्य हो। कृषि सामग्रीको पहुँच सजिलो बनाउँदा उत्पादनमा गुणस्तर र परिमाण दुबैमा वृद्धि हुने विश्वास लिएको छौं।”

कृषकहरुले यस कार्यले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। वडा नं ६ का कृषक मनबुझावन थारुले भने, “पहिला हातैले खेती गर्दा धेरै गाह्रो हुन्थ्यो। अहिले स्प्रे मेशिन पाएपछि बीउ छर्ने र बालीमा विषादी हाल्न सजिलो भएको छ।”

यसरी वितरण गरिएका सामग्रीहरूले कृषकलाई परम्परागत खेतीबाट आधुनिक प्रविधिमा आधारित व्यावसायिक खेतीतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।

यस कार्यक्रमबाट कृषकहरूमा उत्साह बढेको र उत्पादन वृद्धि हुँदै जाने संकेत देखिएको कृषि शाखा प्रमुख तुलाराम चौधरीले बताएका छन्।

विज्ञापन
विज्ञापन
विज्ञापन